'हरैया बहुमुखी क्याम्पसमा आयाेजित कविता लेखन तथा वाचन प्रतियाेगितामा रेखा प्रजापति प्रथम'

२ वर्ष अगाडि

रुपन्देही // रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ मा अवस्थित हरैया बहुमुखी क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। ´ फूल ` शीर्षक दिएर प्रतियोगी विद्यार्थीलाई कविता लेख्न र वाचन गर्न लगाइएको थियो।

प्रतियोगितामा बि.एड. चौँथो वर्षका रेखा प्रजापति प्रथम, बि.एड. तेस्रो वर्षका हरिकुमारी थारु द्वितीय, बि.एड. तेस्रो वर्षकै जीवनकुमार धवल तृतीय र बि. एड. प्रथम वर्षका राजनन्दनी हरिजनले सान्त्वना स्थान हाँसिल गरेका छन्।

कार्यक्रममा आफ्नो विचार राख्दै शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलले यसप्रकारले प्रतियोगितामा सहभागी हुँदा विद्यार्थीको प्रतिभामा अझै निखार आउने कुरामा जोड दिनुभयो। १६ जना प्रतियोगी सहभागी कार्यक्रम शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलको अध्यक्षता, शिक्षक केबि धुवाँलेको सञ्चालन र प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ