'२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने तिन जना पक्राउ'

२ वर्ष अगाडि

विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।

पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका-३ मा आइतबार बिहानको राति घटना भएको बताए । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे