'ख्याहा पाल्पा काठमाडौ समाजले कृकेट प्रतियोगिताको लागि आर्थिक संकलन कार्य तिव्र, एकलाख बढी रकम जम्मा'

२ वर्ष अगाडि

बुटवल । ख्याहा पाल्पा काठमाडौ समाज नेपालले प्रथम संस्कणको खुल्ला कृकेट प्रतियोगिता को लागी आर्थिक संकलन कार्य तिव्र पारेको छ ।

हालसम्म नेपालका विभिन्न ठाँउ तथा नेपाल बाहिर भारत, अमेरिका, जापान, स्वीडेन, माल्टा, क्यानडा, दुवै लगाएत ख्याहा जन्मस्थान भई रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न ठाउमा पुगेका नेपालीहरूबाट आर्थिक सहयोग उपलब्ध भएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी गराए ।

बिगत १० बर्स देखि सामाजिक कार्य मा अग्रसर हुँदै काठमाडौमा स्थापना भएपनी आफ्नो जन्मभुमीमा विविध कार्यक्रम गर्न लागेको भन्दै धरैले बधाई तथा शुभकामना सहित आफुले सक्ने आर्थिक सहयोग गर्ने क्रम नरोकिएको र हाल सम्म एक लाख बढी संकलन भएको सचिव पाण्डेले बताए । आर्थिक सहयोगको लागि समाजले आर्थिक विभाग प्रमुख विष्णु प्रसाद पाण्डेको QR काेड तथा बैक खाता नम्बर उपलब्ध गराएको थियो । जसबाट सिधै स्यान गरी रकम सहयाेग गर्न सकिन्छ ।

बिजया दशमी तथा दिपावलीको अवसर पारेर ख्याहा पाल्पा काठमाडौ समाज नेपालले पाल्पाको ख्याहा कराम्दी कृकेट मैदानमा खृल्ला कृकेट खेलको आयोजना गर्ने भएको हाे ।

खेल अबधीमा खेलाडिहरुलाई चोटपटक लागेमा प्राथमिक उपचारको लागि हेल्प डेस्क र उपचार सामाग्री सहित खेलाडिहरुको सहजिकरणको लागि रिब्दिकोट गा.पा .१ ख्याहा साबिक वार्ड नं. ७ मा रहेको श्री कृष्ण युवा क्लबले जिम्मा लिएको छ ।

कार्तिक ८ देखी १० गते सम्म हुने कृकेट प्रतियोगितामा बिजयी हुने बिजृताले नगर रु. ५१०००, ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले नगर रु. २१००० प्रमाणपत्र र मेड्ल र उत्कृष्ट खेलाडीले आकर्षक पुरस्कार पाउनेछन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे