देवदह । निर्माण बहुदेश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । पाचौ अधिवेशनले मोतीलाल ढकालको अध्यक्षतामा संचालक समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा सुन्दरी गिरी, सचिवमा केशरबहादुर पुन, कोषाध्यक्षमा अमृत फुल्लेल रहनु भएको छ । अन्य सदस्यहरुमा टिका परियार, प्रेमकला ढकाल, एकानारायण रिजाल, मिना पाठक, गणेश पुन रहनु भएको छ । त्यसैगरी खेमनारायण अधिकारीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । जसको सदस्यमा दुर्गाप्रसाद भूर्तेल, सिमा दर्जी रहनु भएको छ ।
बार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सन्दिप सापकोटाले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले सहकारीहरुले आफना शेयर सदस्यहरुलाई व्यसायीक तालिम प्रदान गरी व्यवसायीक बनाउनु पर्ने बताउनु भयो । पछिल्लो समय केही सहकारीहरुमा समस्या आएको बताउदै सहकारीलाई सही तरिकाले परिचालन गर्नु पर्ने बताउनु भयो । उहाले सहकारीको माध्यमबाट उद्यमी बन्न सकिने भएकोले हरेक नागरिकले बचत गर्ने वानीको विकास गर्नुपर्न बताउनु भयो।
संस्थाका अध्यक्ष मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका, सहकारी विभाग प्रमुख गंगाप्रसाद पन्थी, बहुदेश्यीय सहकारी संघ रुपन्देहीका अध्यक्ष रोमणि डुम्रे, जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष्ँ एवं कोलिय देवदह साकोसका अध्यक्ष सुवकान्त न्यौपाने, सारथी कृषि सहकारी संस्थाका डिल्लीराज चापागाई, नवप्रभात महिला सहकारी संस्थाका देवी ढकाल, चेली कृषि सहकारी संस्थाका देवी अधिकारी, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो।
कार्यक्रममा अध्यक्ष ढकालले बार्षिक प्रतिवेदन, सचिव शुभचन्द्र भूषालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष्ँ कन्यावती जैसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिव शुभचन्द्र भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।