'नमूना एभरग्रीनमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न'

३ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीनले साप्ताहिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा तिज गित प्रतियोगिता तर्फ पहेँलो सदनको समुह प्रथम जसमा सिम्रन गुरुङ , रिया थापा, अप्सरा लम्साल, दिब्याना सिंह ठकुरी, आस्मा थापा, सृष्टि शाही थापा रहेका थिए भने हरियो सदन द्वितीय भएको थियो जसमा क्रिष्टिना सिँजापती, श्रेया बस्याल, समीक्षा थापा र एलिना गाहा रहेका थिए। त्यस्तै रातो सदन तृतीय भएको थियो जसमा पारू राई, अनुश्का कामू, स्मृति गिरी, बिर्सिका राई, नुर्‍याङ सारू, सलिना सारू, उपास्ना थापा रहेका थिए।

साथै नृत्यतर्फ कक्षा ८ कि छात्रा रिया थापा प्रथम, कक्षा ७ को छात्रा एलिना गाहा द्वितीय र कक्षा ४ को छात्रा सनिस्ता पाख्रिन तृतीय स्थान हासिल गर्न सफल भएकी थिइन्।कार्यक्रममा शिक्षक अन्जु कुमाल निर्णायकको भुमिका र्निवाह गर्नुभएको थियो।

कार्यक्रम नमूना एभरग्रीन बाल क्लबको अध्यक्ष सलिना फालको अध्यक्षता, विद्यालयको प्रिन्सिपल कमल पौडेलको प्रमुख आतिथ्यता र बाल क्लब सचिव रिया थापा र अतिरिक्त क्रियाकलाप संयोजक राज कवरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)