'लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको चार्टर्ड नाईट सम्पन्न'

३ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा सामाजिक कार्य गर्दै आइरहेको लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले क्लबको तेश्रो चार्टर्ड नाईट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षता र अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर पि एम जे एफ लायन अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रीक्ट गवर्नर लायन अर्जुनमान सैंजुले हामी सेवा गर्छौ भन्ने भावनालाई आत्मसाथ गर्दै कहिले काम गरेर नथाक्ने युवाहरुले नेतृत्व गर्नुभएको यस क्लवले आफ्नो कामका माध्यमले समाजमा परिचित भएको बताउनुभयो। उहाले क्लबलाई लोकल प्रोजेक्ट तथा लामो समय सम्म रहने प्रोजेक्टहरु गर्न आग्रह गर्दै त्यसमा आफु र डिष्ट्रीक्टको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा डिस्ट्रीक एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेल, एल सि आई एफ कोडिनेटर एम जे एफ लायन लायन सन्दिप कौसधन, एरिया ३ का चिफ लायन बिनोद सुवेदी, क्लबका चार्टर प्रेसिडेन्ट लायन दिपेस मल्ल लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।

कार्यक्रममा प्रथम डिस्ट्रीक गभर्नर एम जे एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रीक ३२५ पी का द्वितीय डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बालाराम भट्टराई, क्याविनेट ट्रेजरर दिनेश प्रसाद श्रेष्ठ, क्लस्टर चिफ राम बहादुर गुरुङ लगाएत लायन्स क्लब र अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सोही अवसरमा क्लबका अध्यक्ष लायन कमल पौडेलले क्लबले गरेका विभिन्न कार्यक्रममा कार्यक्रम संयोजक भई भूमिका निर्वाह गरेका र हरेक काममा सक्रिय भई खटिएका सदस्यहरुलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो। साथै क्लबमा ४ जना नयाँ सदस्यलाई समेत स्वागत गरिएको थियो।

क्लबको तेस्रो उपाध्यक्ष नबिन थापा मगरको स्वागत तथा क्लवका सचिव दिपेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको संयोजन क्लबका दोश्रो उपाध्यक्ष बिमल तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे