'नेपाल मलेसियासँग ६ विकेटले पराजित, नेटरनरेटमा शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा'

३ वर्ष अगाडि

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

शुक्रबार मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। यद्यपि, नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो। अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ।

नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो। मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ। मलेसियाकी ओपनर अइन्ना हमिजा हासिमले नटआउट रहँदै ३७ रन बनाएर टिमलाई जितसम्म डोहोर्याइन्। नेपालका पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा घटाइएको खेलमा ८३ रन जोडेको थियो। नेपालका लागि नेपालकी रुबिना क्षेत्रीले २६ बलमा सर्वाधिक २३ रन, इन्दु बर्माले ३३ बलमा २० रन र काजल श्रेष्ठले २१ बलमा १८ रन बनाएका थिए।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो। हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा स्थान बनाउन सकेन। फाइनल खेल शनिबार हुनेछ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)