'लायन्स द्वारा निशुल्क आँखा परिक्षण, विद्यालयमै सेवा पाउदा विद्यार्थी हर्षित'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको सामाजिक संस्था लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सम्पन्न गरेको छ। बिहिवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले देवदह-२ स्थित नमुना एभरग्रीन ईङ्लिस बोर्डिङ स्कुलमा उक्त शिविर गरिएको हो। कार्यक्रममा लायन्स  आँखा अस्पताल देवदहको प्राविधिक सहयोग रहेको थियो।शिविरको उद्घाटन गर्दै लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रीक ३२५ पी का द्वितीय डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बलराम भट्टराईले यस क्लबले सामाजमा विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेको बताउनुभयो। उहाले पछिल्लो समय क्लबले देवदह क्षेत्रमै उत्कृष्ट कार्य गरेको भन्दै मुक्तकण्ठबाट प्रशंसा व्यक्त गर्दै क्लबका अध्यक्षलाई लायन्स पिनद्वारा सम्मान गर्नुभएको थियो।कार्यक्रममा एल सि आई एफ कोडिनेटएर सन्दिप कसौधन, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको संस्थापक अध्यक्ष दिपेश मल्ल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

उक्त शिविरमा २३३ जना विद्यार्थीहरूको आँखा जाँच गरिएको थियो। बिहान ११ बजे बाट सुरु भएको उक्त स्वास्थ्य शिविर ३ बजे सम्म चलेको थियो। विद्यालयका सम्पूर्ण विद्यार्थीहरू आँखा जाँच गराउन पाउँदा खुसी देखिन्थे। आँखा जाँच गरिएका विद्यार्थीहरुमध्ये १४ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो। उनिहरुलाई नि:शुल्क चस्मा उपलब्ध गराउने क्लबका अध्यक्ष कमल पौडेलले बताउनुभयो।उक्त शिविरमा लायन्स आँखा अस्पतालको तर्फबाट दुर्गा राना र सन्तोष कुमार कुर्मीले बालबालिकाको आँखा जाँच गरेका थिए।

कार्यक्रममा डिस्ट्रीक एड्भाईजर लायन विष्णु पौडेल, डेपुटी चिफ लायन गुमान सिंह केसी, एरिया चिफ लायन बिनोद सुबेदी, कलस्टर चिफ लायन राम बहादुर गुरुङ, जोन चिएरपर्शन लायन बिनोद थापा, लायन विष्णु ज्ञवाली, लियो पर्विन गौडेल, लगाएत क्लबका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष कमल पौडेलको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष डा. विजय अंगाईको स्वागत र तेश्रो उपाध्यक्ष नबिन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

क्लबले स्थापना काल देखि नै लायन्सको मुल मन्त्र ‘हामी सेवा गर्छौं’ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ समाजसेवा गर्दै आईरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने