'कञ्चनपुरमा शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु'

३ वर्ष अगाडि

कञ्चनपुर // कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो। वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए।

उनले राति १२ बजे पछिको घटना भएको बताए । ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ उनले भने ‘तर, हिजो राति कसरी त्यहाँ सम्म आयो हामी बुझिरहेका छौँ।’

सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए। अहिले पोस्टमार्टमको तयारी भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)