'देवदहको सगरमाथा आवासिय मा.विमा राष्ट्रिय सेवा दलको तालिम सुरु'

३ वर्ष अगाडि

देवदह // देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम सुरु भएको छ। राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको हो।

तालिमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले पुस्तकबाट लिने ज्ञानले मात्र पुर्ण नहुने बताउदै सैद्धान्तिक र प्राविधिक ज्ञान समेत अपरिहार्य रहेको बताउनुभयो। यस तालिमबाट प्रशिक्षार्थीहरुमा समस्याको सामना गर्ने सक्ने क्षमताको विकास हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै सहायक गणपति सेनानी गरुण दल बुटवलका ओम बहादुर अधिकारीले सिसम ४९ औं जुनियर डिभिजन तालिम सगरमाथा आवासिय माध्यमिक विद्यालयमा आज बाट सुरु भएकोमा विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। तालिममा मार्च, पिटी, खुकुरी ड्रिल, विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ। तालीमको क्रममा १०० दिनमध्ये विद्यालयमै हरेक दिन दुई घन्टाका दरले ७९ दिन र २१ दिन पुर्वी नवलपरासीको व्यारेक हात्तीखोरमा लैजानेले अधिकारीले बताउनुभयो।

सोहि अवसरमा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, देवदह नगरपालिकाको विद्यालय निरीक्षक प्रशुराम ढकाल, देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य रमेश खरेल लगाएतले बोल्दै तालिम गरे पश्चात प्रशिक्षार्थी विद्यार्थीहरुमा अनुशासन, ईमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व तथा क्षमताको विकास हुनेमा आफुहरु आशावादी रहेको बताउनुभयो।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता, विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलको स्वागत र विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको संचालनमा भएको थियो।

‘राष्ट्रिय सेवा दल तालीम’ नाम दिइएको सो प्रशिक्षणमा विद्यालयका ३६ जना विद्यार्थी सहभागी रहेका छन्। राष्ट्रिय सेवा दल एक स्वयंसेवक दस्ताको रूपमा परिचित छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने