'दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिताको उपाधी सुनवल-८ लाई'

३ वर्ष अगाडि

सुरज भट्टराई , देवदह // रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिताको उपाधी सुनवल-८ ले जितेको छ। देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको फाईनल खेलमा भलुहि एफ.सी लाई हराउँदै सुनवल-८ ले प्रतियोगिताको उपाधी जितेको हो।

बिहिवार भएको फाइनल खेलमा भलुहि एफ.सी लाई ३-२ को गोल अन्तरले पराजित गर्दै सुनवल-८ ले उपाधि उचालेको हो। उपाधिसँगै सुनवल-८ ले नगद ८० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो। उपविजेता भलुहि एफ.सी नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।

प्रतियोगिताका विजयी टिम र खेलाडीलाई देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेल, देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, क्लबका अध्यक्ष कवि ज्ञवाली लगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भलुहि एफ.सी का अनिल क्षेत्री घोषित भए। यस्तै उदयमान खेलाडी सुनवल ८ का विजय गुरुङ, सर्वाधिक गोलकर्ता सुनवल ८ का सुरज सुनार घोषित भए। सर्वोत्कृष्ट गोलरक्षक सुनवल ८ का दिपक पुन घोषित भए। प्रतियोगितामा कुल ३२ टिमले सहभागीता जनाएका थिए।

त्यस्तै भेट्रान्स फुटबल प्रतियोगिता तर्फ रुपन्देहीले जित हासिल गर्दै प्रथम पुरस्कार बोका सहित प्रामाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको आयोजक टोलीले कुखुराको भाले र प्रमाणपत्र प्राप्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने