'बुटवल ७ का अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण'

३ वर्ष अगाडि

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गर्नुभयो ।

लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । उहाँले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताउनुभयो । प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने