भैरहवा // रुपन्देहीस्थित भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । बिहीबार सम्पन्न मतपरिणाम अनुसार अनेरास्ववियुका सागर न्यौपानेले ५ सय ५१ मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। उनी प्रतिद्वन्दिको भन्दा १५३ मत बढी मत ल्याएर निर्वाचित भएका हुन् ।
त्यसैगरी सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0