'भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ'

३ वर्ष अगाडि

भैरहवा । भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ गरिएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो। बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

सिटी स्क्यान र ब्लड बैंक सेवाको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गर्नुभएको हो। सो अवसरमा बोल्दै मन्त्री पन्थीले भीम अस्पतालमा धेरै सुधार भएको बताउदै  उनले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको उल्लेख गर्नुभयो ।

उहाले प्रदेश सरकारले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  उहाँले अस्पतालबाट उपलब्ध हुने सेवाका लागि बाहिर पठाउने कुरा गद्दारी गर्नु भएको बताउनुभयो ।  सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे