काठमाडौँ// राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की चयन हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनमा कार्की पूर्ण परियारलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी र महिला उपाध्यक्षमा मञ्जु विक चयन हुनुभएको छ।
त्यस्तै सचिवमा रामजी पौडेल र महिला सचिवमा ज्योति लोहनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, सहसचिवमा दिपक पौडेल र सह कोषाध्यक्षमा होम गुरुङ चयन हुनुभएको छ। सदस्यहरुमा मधु चापागाईँ, टौसुबा गुरुङ, सुनिता नेपाली, सपना परियार, ऋषि डुम्रे, अमित विश्वकर्मा, हरि सुनारलगायत छानिएका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0