'सुदूरपश्चिममा ९ बजे सभामुखको निर्वाचन, आजपनि चयन नभए संवैधानिक संकट'

३ वर्ष अगाडि

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनको लागि निर्वाचन हुने भएको छ । यसअघि दुई पटक सम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन ।

आज बिहान ९ बजेको सभामुख चयन गर्न पुन बैठक बोलाइएको छ ।

सङ्कटको खतरा

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारमा १ मा भनिएको छ , ‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् ।’

संविधानको यो दफा अनुसार माघ २ गते सभामुखको निर्वाचन गर्ने भनिएको छ ।

प्रदेश सभा सचिवालयले सोही दफा अनुसार अहिले सभामुखको निर्वाचन गराइरहेको छ । उपसभामुख को पनि निर्वाचन १५ दिन भित्रै गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा नियमावली ७ मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ ।

प्रदेश सभा नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ । १५ दिन भित्र सभामुख चयन गरिसक्नु पर्ने र १५ दिन भित्रै सभामुखले उपसभामुखको लागि पनि निर्वाचन मिति र समय तोक्नु पर्ने हुँदा माघ २ गतेको भित्रै सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ ।

सभामुख निर्वाचन हुन नसकिरहेको बेला सभामुख निर्वाचित पछि मात्रै उ उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

आज पनि सभामुख निर्वाचित हुन नसके संविधानमा उल्लेख भएको प्रदेश सभाले पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख पाउने सम्भावना क्षीण छ । पहिलो बैठक आज १५ दिन पुग्दै छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)