'दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान हुने'
Home » दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान हुने
सिम्रिक आवाज
३ वर्ष अगाडि
निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले सोमबार दोलखाका निष्पक्ष निर्वाचन हुन नसकेका १० वटा निर्वाचन केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।
मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेकाले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय छ ।
‘वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरूको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा’ पुनः निर्वाचन गराउने निर्णय भएको आयोजले जनाएको छ । ती केन्द्रको यसअघिको मतदानलाई रद्द गर्दै पुनः मतदान मिति घोषणा गरिएको हो ।
त्यस्तै, दोलखाकै वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पनि पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ । १०० मतपत्रको अधकट्टी हराएकाले त्यहाँ पुनः मतदान गर्नुपर्ने निर्णय भएको आयोगले जनाएको छ ।
ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस
सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना
प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने
अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने
देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे