समाज

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको मन्त्रालयको भनाइ छ । अधिकांश निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएका छन् । मन्त्रालयले […]

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । नयाँ मर्यादा अनुसार प्रधानमन्त्री शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् । तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् । छैटौं […]

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

पाल्पाको रामपर नगरपालिका ३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर ४ बाङ्गेपसल बस्ने ५२ वर्षीय टेकबहादुर आले रहेका छन् । मकै छर्नका लागि जोत्ने क्रममा बिहान साढे १० बजेको समयमा ट्याक्टर दुर्घटनामा परेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार सोही […]

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा “STEM चेंजमेकर कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षक सुस्मिता राना र अर्चना शर्माले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले सहभागीहरूलाई विभिन्न सिर्जनात्मक तथा प्रयोगात्मक गतिविधिहरूमार्फत STEM शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्काउट मास्टरहरू तथा रोभर/रेन्जरहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) का विभिन्न […]

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने  निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय […]

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका हुन् । पूर्व-पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ परेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए । अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ […]

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

कलाकार सागर लम्साल ‘बले’ गम्भीर आरोपमा मुछिएका छन् । अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी हुन् । एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ । आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् […]

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गरेका हुन । गृहमन्त्री गुरुङले ‘मतदाता नामावली पहिलो संशोधन अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, […]

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएका छन । प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्दै लामिछाने सो कुरा बताएका हुन । उनले भने, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन […]

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ। विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ। एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले […]