Home » समाचार
पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मङ्गलबार ठप्प पारिएको छ। सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव-इन्जिनियर यादवलाई सहिद घोषणा गर्न माग गर्दै एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन् । ३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रसाईंको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको कदम अलोकतान्त्रिक भएको बताएका छन्। उनले लेखेका छन्, “रातिको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ […]
नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवामा शंकास्पद वस्तु फेला परेको छ। भैरहवाको लुम्बिनी गेट नजिकै सडक छेउमा बोराभित्र राखिएको उक्त वस्तुको बाहिर ‘नेपाल बन्द सफल पारौं’ भन्ने कागज टाँसिएको थियो। शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। सूचना पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा […]
टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दैछ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७:१५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका आफ्ना तिनै खेलमा हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये […]
दुर्गा प्रसाईं फेरी पनि पक्राउ परेका छन । भक्तपुरस्थित आफ्नै निवासबाट हिजो मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ । काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका […]
मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकिङ सुरु गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्त बहादुर […]
नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले देवदह क्षेत्रको समग्र शैक्षिक विकासका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको प्रक्रियालाई एमाले नेतृत्वको सरकारले प्राथमिकताका साथ अगाडि बढाएको र यसलाई पूर्णता दिन आफूहरू कटिबद्ध रहेको बताउनुभएको छ। देवदह–८ मा आयोजित निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश पलायन भइरहेको वर्तमान चुनौतीलाई […]
सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रवार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका-१० क्षेत्रमा भएको बताइएको छ। गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गर्नुभएको छ । उहाँले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, […]