कृषि

देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नोसहित स्थानीय कृषि उपजको आकर्षण

देवदह । बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए । ‘हामीले स्थानीय व्यवसायीलाई स्टल दर्तामा ८० प्रतिशतसम्म छुट दिएका छौं ।’ आयोजक संस्था उद्योग व्यापार संघ देवदहका वरिष्ठ उपाध्यक्षसमेत रहेका […]

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ वटा भेडा-च्यांग्रा मरे

मुस्ताङ घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ । परियारको मार्फास्थित खोरमा ४५ भेडाच्यांग्रा थिए । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार ६ लाख बढीको क्षति […]

ड्रागन खेतीबाट वार्षिक आठ लाख कमाउँछिन कावासोतीकी सीता

नवलपरासी ।  बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा बस्दै आएकी सीता जिसीले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख रुपैयाँ सम्म आम्दानी गदै आएकी छन् । तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरिन्। पछी उनले बारीमा पनी खेतीको विस्तार गरिन । बारीमा अहिले करिब ४२० देखी ४३० वटा जति […]

देवदहमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

रुपन्देहीको देवदहमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। देवदह नगरपालिका कृषि शाखाको आयोजनामा र वडा नं ३, सेमरहानास्थित थारु कल्याणकारिणी महिला कृषक समूह तथा मिलीजुली कृषक समूहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त अवसरमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले कृषिको समुन्नत विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। […]

कृषि क्षेत्रको विकासले देश समृद्ध हुन्छ : उपप्रमुख गुरुङ

देवदह । कृषि क्षेत्रको विकासले देश विकास हुने देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । नव जिवन कृषक समुह देवदहले आयोजना गरेको कृषि तथा पशुपालन तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । देवदहको चरङ्गेमा आयोजित कार्यक्रमा उपप्रमुख गुरुङ्गले कृषि क्षेत्रको विकासलाई उत्पादन सँग जोड्नु पर्ने भन्दै कृषि क्षेत्रको विकासको […]

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

देवदह । देवदह नगरपालिका वडा नं ८ ले किसानहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । वडा कार्यालयले सोमबार वडा परिसरमा एक कार्यक्रमको आयोजना गरि  निशुल्क रुपमा वडाभित्र रहेका किसानहरुलाई फलफुलका बिरुवा वितरण गरिको हो । विरुका वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले बिरुवा रोपिसकेपछि वातावरण सुन्दर बनाउन सहयोग पुग्ने र अर्गानिक फलफूल […]

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित

देवदह । देवदह नगरपालिका पशु सेवा शाखाले वडा नं. ११ मधपुर गाउँमा बाख्रापालनमा संलग्न किसानहरूलाई लक्षित गरी एक दिवसीय निःशुल्क बाख्रा शिविर सम्पन्न गरेको छ। शिविरमा करिब ८० जना किसानका ४६७ वटा बाख्राहरूको उपचार तथा करिब १७ प्रकारका औषधी तथा इन्जेक्सन वितरण गरिएको थियो। शिविरमा माटेजुका, लिभर टोनिक, पाचक, ज्योरो, पखाला, किर्ना, खोकी, पेट फुलेको, […]

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

पाल्पा रिब्दीकोट गाउँपालिका र स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । कुल ३९ लाख रुपैयाँ लगानीमा स्थापित मल उद्योगले दैनिक पाँच क्विन्टल प्राङ्गारिक मल उत्पादन गरिरहेको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार, मल उत्पादनका लागि गाउँपालिकाले १९ लाख र सहकारी संस्थाले २० लाख रुपैयाँ लगानी गरेका हुन् । गत आर्थिक […]

देवदहका कृषकलाई अनुदानमा कृषि औजार वितरण

देवदह । देवदह नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषिका औजार प्रदान गरेको छ ।नगरपालिकाले देवदह १२ का सानदार कृषक समुहद्धारा संचालित तरकारी पकेट क्षेत्रका कृषकहरुलाई २४ लाख बरावरको कृषि औजार प्रदान गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको १२ लाख र कृषकहरुको १२ लाख गरी २४ लाख बरावरको कृषि औजार एक कार्यक्रमका बिच कृषकहरुलाई हस्तान्तरण […]

साना किसान कृषि सहकारी संस्था देवदहद्धारा स्थानीय कृषिजन्य उत्पादन बजारीकरण सुरु

देवदह । साना किसान कृषि सहकारी संस्था देवदहले शेयर सदस्यहरूले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण सुरु गरेको छ । सहकारीको २९ औँ स्थापना दिवसको अवसरमा कृषि सामाग्री संकलन तथा विक्रि केन्द्रको उद्घाटन गर्दै बजारीकरणको शुरुवात गरेको हो । केन्द्रको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण […]