'पोखरा महानगरको उपप्रमुखमा अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी सिफारिस'

४ वर्ष अगाडि

पोखरा । नेकपा (माओवादी) केन्द्रको पोखरामहानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।

महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।

पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । ०७४ को चुनावमा माओवादी केन्द्रले पोखराको प्रमुखमा लामिछानेलाई अघि सारे पनि अन्तिममा भरतपुरमा रेणु दाहाललाई छाड्दा उनी पछि हटेका थिए ।

उपप्रमुखका लागि त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले पार्टीले तय गरेको मापदण्डमा रहेर उम्मेदवार सिफारिस गरेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे