'स्थानीय चुनाव सार्न सकिन्छ : माधव कुमार नेपाल'

४ वर्ष अगाडि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत पुगेका अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थितिमा पुगेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । उहाँलाई (चन्द समूह) स्वागत छ । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’
संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे । उनले भने, ‘अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ । त्यो ओली नेतृत्वको सरकारका कारणले हो ।’ चुनावी गठबन्धन गर्दा आफूहरूले अघिल्लो निर्वाचनमा एमालेले जितेका ठाउँ मागेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे