Pixel wave advertisement

'भारतले नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्न थप दुई बन्दरगाह प्रयोगको अनुमति दिने'

मंसिर ८, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात– निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ ।

Advertisement

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेनलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरे ।

Advertisement

नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो । यसअघि यी दुई देशबीच ती दुई बन्दरगाह प्रयोगको सहमति २०१९ मै भएको थियो । तर यसपटक ती दुई बन्दरगाहको अनुमति दिने विषयमा सहमति भएको चर्चा चलेको थियो । तर दुई देशबीच उही राज्यका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।

Advertisement

धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्छ । तर अहिले अनुमति पाएका दुवै विमानस्थलको सञ्चालन भारत सरकारले नै गर्दै आएको छ ।

नेपालले हाल भारतको कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रुपमा लिने गरेको छ । किनभने एउटै रुटका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज मात्रै आउँछन् भने हल्दियामा ठूला जहाज आउँछन् । त्यसबाहेक आन्द्रप्रदेशको विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकमा व्यापार गर्न पाउँछ ।

नेपालले यी तीनबाहेक अन्य बन्दरगाहको प्रयोग गर्न पाउने गरी लामो समयदेखि अनुमति मागिरहेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

भारतले नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउने सहमति, अन्तर्राष्ट्रिय उडानलाई सहज हुने अपेक्षा

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग प्रधानमन्त्री बालेन शाहको शिष्टाचार भेट

९ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा भन्सारका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल–भारतबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

झापाको गौरादहमा स्कुटर दुर्घटना हुँदा घाइते महिलाको उपचारका क्रममा मृत्यु

भारतमा बसको ठक्करबाट बाजुराका चेतराज केसीको मृत्यु, श्रीमती गम्भीर घाइते

पराल जलाउने क्रममा छिमेकीको २८ कठ्ठाको धान डढेर नष्ट, ९० मन क्षतिपूर्ति दिने सहमति