Pixel wave advertisement

'लगातार वर्षापछि सिद्धबाबा–दोभान सडकखण्डमा राति सवारी सञ्चालनमा रोक'

असोज ९, २०८३

निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म दोभान-सिद्धबाबा क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्णतया रोक लगाएको जनाएको छ ।

Advertisement

लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सहाय प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

Advertisement

यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

उक्त क्षेत्र सो राजमार्गको सबै भन्दा जोखिमको क्षेत्र मानिन्छ । वर्षपछि ढुंगा खस्ने र पहिरो जाने जस्ता समस्याले यात्रुले सास्ती खेप्दै आएका छन् ।

बिहीबार बिहान पनि सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केहीबेर सवारी आवागमन बन्द भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

भेरी नदीमा सेल्फी र भिडियो बनाउने क्रममा दुई युवा बेपत्ता, गोताखोरबाट खोजी जारी

२८ बलमै वैभव सूर्यवंशीको विस्फोटक शतक, लिस्ट ‘ए’ क्रिकेटमा विश्व कीर्तिमान

काभ्रेको धुलिखेलमा जुवातास खेल्दै गरेका १६ जना पक्राउ, १ लाख ५१ हजार रुपैयाँ बरामद

मकवानपुरमा घरभित्र लुकाइराखेको दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ५० कार्यपत्र प्रस्तुत हुने

दाङमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादी पक्राउ

पाकिस्तान ए ले टस जितेर ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्ने

अनुपजंग थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान, भावी प्रधानसेनापतिको दौडमा अगाडि