Pixel wave advertisement

'होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक जना पक्राउ'

भदौ ५, २०८३

काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

Advertisement

दाङको घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

Advertisement

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

भेरी नदीमा सेल्फी र भिडियो बनाउने क्रममा दुई युवा बेपत्ता, गोताखोरबाट खोजी जारी

२८ बलमै वैभव सूर्यवंशीको विस्फोटक शतक, लिस्ट ‘ए’ क्रिकेटमा विश्व कीर्तिमान

काभ्रेको धुलिखेलमा जुवातास खेल्दै गरेका १६ जना पक्राउ, १ लाख ५१ हजार रुपैयाँ बरामद

मकवानपुरमा घरभित्र लुकाइराखेको दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ५० कार्यपत्र प्रस्तुत हुने

दाङमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादी पक्राउ

पाकिस्तान ए ले टस जितेर ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्ने

अनुपजंग थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान, भावी प्रधानसेनापतिको दौडमा अगाडि