Pixel wave advertisement

'११ लाख घरधुरीको रोजाइ बन्यो वर्ल्डलिंक, खैरेनी ब्रान्चले मनायो खुशियाली'

श्रावण १३, २०८३

देवदह । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले ११ लाखभन्दा बढी घरधुरीमा सेवा विस्तार गर्दै देशको इन्टरनेट बजारमा करिब ३० प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

Advertisement

यस उपलब्धिको खुसीमा रुपन्देहीको देवदह–खैरेनीस्थित वर्ल्डलिंकको खैरेनी ब्रान्चले पनि विशेष कार्यक्रम गरी उत्सव मनाएको छ। ‘११ लाख घरधुरी, एउटै विश्वास, एउटै यात्रा’ भन्ने नारासहित शाखाले ग्राहकप्रति आभार व्यक्त गर्दै आफ्नो सफलताको आधार ग्राहकको विश्वास नै भएको जनाएको छ।

Advertisement

खैरेनी शाखाका ब्रान्च म्यानेजर सन्तोष थापाले ११ लाख घरधुरीसम्म पुग्न सफल हुनु केवल कम्पनीको उपलब्धि मात्र नभई वर्ल्डलिंकमाथि विश्वास गर्ने नेपालभरिका ग्राहकहरूको साझा सफलता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूको निरन्तर साथ, विश्वास र मायाले नै हामीलाई आज नेपालका ११ लाखभन्दा बढी घरधुरीलाई जोड्ने गौरव दिलाएको छ।”

Advertisement

वर्ल्डलिंकले ‘सबैलाई जहाँ पनि सधैँ जोड्ने’ (Connecting Everyone, Everywhere, Always) आफ्नो दीर्घकालीन भिजनलाई आत्मसात गर्दै डिजिटल नेपालको भविष्यलाई अझ सशक्त, सहज र समृद्ध बनाउन निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै घर, अझ धेरै सपना र अझ धेरै सम्भावनालाई जोड्ने यात्रामा सबैलाई साथ दिन आग्रह गरेको छ।

“हामीलाई तपाईंको घरको एक हिस्सा बनाइदिनुभएकोमा हार्दिक धन्यवाद। ११ लाख घरधुरी, एउटा विश्वास र एउटा अविस्मरणीय यात्रासँगै अब अझ उज्यालो डिजिटल नेपालको निर्माणतर्फ सँगै अघि बढौँ,” कम्पनीले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

भेरी नदीमा सेल्फी र भिडियो बनाउने क्रममा दुई युवा बेपत्ता, गोताखोरबाट खोजी जारी

२८ बलमै वैभव सूर्यवंशीको विस्फोटक शतक, लिस्ट ‘ए’ क्रिकेटमा विश्व कीर्तिमान

काभ्रेको धुलिखेलमा जुवातास खेल्दै गरेका १६ जना पक्राउ, १ लाख ५१ हजार रुपैयाँ बरामद

मकवानपुरमा घरभित्र लुकाइराखेको दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ५० कार्यपत्र प्रस्तुत हुने

दाङमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादी पक्राउ

पाकिस्तान ए ले टस जितेर ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्ने

अनुपजंग थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान, भावी प्रधानसेनापतिको दौडमा अगाडि