'एक वर्षमा सरकारले दियो ८५ अर्बभन्दा बढी भन्सार राजस्व छुट'

१ मिनेट अगाडि

सरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदन अनुसार आव २०८१ र ८२ मा भन्सार राजस्वतर्फ सो छुट दिइएको हो ।

आव २०८० र ८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर छुट दिइएको थियो । आर्थिक ऐनमा टेकेर सरकारले यस्तो छुट दिएको हो ।

प्रतिवेदन अनुसार आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छूट दिएकोमा त्यसको अभिलेख अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखेको पाइएको महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ ।

यस वर्ष साफ्टा सुविधा अन्तर्गत मालवस्तु पैठारीमा भन्सार महसुल ५ अर्ब ७१ करोड छुट दिइएको छ ।

विभिन्न आयोजना तथा निर्माण व्यवसायी र सरकारी निकायलाई ६ अर्ब १२ करोड भन्सार महसुल छुट दिइएको छ ।

सार्वजनिक निर्माणको लागत अनुमान तयार गर्दा कर छुट सम्बन्धमा उल्लेख नगरे पनि खरिद सम्झौता भइसकेपछि मास्टर लिस्टमार्फत छुट दिँदा यसको प्रत्यक्ष आर्थिक लाभ आयोजनाले भन्दा निर्माण व्यवसायीले लिइरहेको र त्यस्तो रकम लागतमा समायोजन गर्ने परिपाटी न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

महसुल छुटले सरकारको राजस्व परिचालन समेत प्रभावित भएको देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाबीच भेटवार्ता

जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परीक्षण प्रभावित

शुक्रबार नेप्सेमा सामान्य सुधार, परिसूचक २७३१ बिन्दुमा कायम

प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

विद्यार्थी दिवसमा काठमाडौंमा मार्चपास, प्रतिबन्धविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

राखेपद्वारा एन्फा नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा

दश महिनामा सरकारको बजेट खर्च ५९.७५ प्रतिशत, आम्दानी ६६ प्रतिशतमा सीमित

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा