पाल्पाको रामपर नगरपालिका ३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर ४ बाङ्गेपसल बस्ने ५२ वर्षीय टेकबहादुर आले रहेका छन् ।
मकै छर्नका लागि जोत्ने क्रममा बिहान साढे १० बजेको समयमा ट्याक्टर दुर्घटनामा परेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार सोही ट्याक्टरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको सुनारले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0