'यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने'

३९ मिनेट अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएका छन ।

प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्दै लामिछाने सो कुरा बताएका हुन । उनले भने, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन भएको हो ।

सभापति लामिछानेले वर्तमान सरकारले समस्या देखाउनुभन्दा समाधानको बाटोमा लाग्ने बताउँदै यो सरकारलाई जनताको समस्याको आवाज सुनाउदा कुनै सांसदको बोल्ने क्रममा माइक नकाटिने तथा सुशासनको बेग नघट्ने बताए ।

जनजी विद्रोहको सन्तानको रूपमा वर्तमान सरकार भएको बताउँदै सभापति लामिछानेले परिवर्तन र विकासको सुनिश्चितता गर्दै । निजी क्षेत्रका लागि लगानी सुनिश्चित् गर्ने तर्फ लाग्ने बताए । सरकारको नेतृत्व गरेको दलको नाताले सरकारको तर्फबाट अहिलेसम्म गरिएको विभेदप्रति उनले दलितप्रती क्षमायाचना समेत गरे।

शिक्षा र रोजगारीमा बराबर पहुँच कायम गर्ने बताउदै सभापति लामिछानेले महिलामाथिको सबै किसिमको हिंसामा शून्य सहनशीलता कायम गरिने बताए । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित्ता गरिने तथा विदेशमा रहेका नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने र यहाँको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी यही रोजगारी सिर्जना गर्ने कुराको प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट