बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ।
विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ।
एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले राजधानी काठमाडौं संगै चितवन बुटवल, बाग्लुङ लगाएत देशका २० भन्दा बढी स्थानमा प्रत्येक सनिवार र एकादशीको अवसरमा भजनकृतन भैरहेको छ। कार्यक्रमहरूमा ठूलो संख्यामा युवाहरू भेला भएर सामूहिक रूपमा भजन गाउने, नाच्ने तथा धार्मिक वातावरणमा रमाउने गरेको देख्न सकिन्छ ।
उक्त भजन कार्यक्रमहरूमा पारम्परिक भक्ति गीतहरू गाइन्छन्। तर प्रस्तुतीकरण शैली र तालमा आधुनिकता संगै ऊर्जा भरिएको पाईन्छ । जसले युवाहरूलाई आकर्षित गरेको सहभागीहरू बताउँछन्।
बुटवलमा एमआरआरले २०८२ साउन पहिलो सोमबाट सुरुभएको एक सदस्यले बताए । सबै उमेरसमुहलाई आध्यात्ममा जोड्न युवाहरुले प्रतिनिधित्व गरेको एमआरआरका अर्का सदस्य बताउछन ।
मन्दिर व्यवस्थापन समितीले आग्रह गरेमा ठाँउको उपयुक्तता हेरी सोही मन्दिरमा गएर २ घण्टा भजनकृतन गने गरेको एमआरआरले जनाएको छ । आर्थिक व्यवस्थापन तथा बाध्यबधनका साम्राग्रको व्यवस्थापन समेत स्वयम एमआरआरले गर्दै आएको पनि सदस्यले बताए ।
एमआरआर भजनकाले कार्यक्रमप्रति जनचासो बढ्दै गएको संकेत गरेको छ। भजनमा केटाकेटी देखी युवा, बृद्धा सबैको उत्तिकै उपस्थिती हुने गरेको छ ।
स्थानीय बासिन्दाका अनुसार, यस्ता कार्यक्रमहरूले धार्मिक गतिविधि बढाउनुका साथै सामुदायिक एकता मजबुत बनाउन सहयोग पुर्याएको छ। “युवाहरू सकारात्मक गतिविधिमा संलग्न हुनु राम्रो पक्ष हो,” एक स्थानीयले बताए। उनका अनुसार, यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई संस्कार र परम्परासँग जोड्न मद्दत गरेको छ।
यद्यपि, कार्यक्रमहरूको लोकप्रियतासँगै केही चुनौतीहरू पनि देखिन थालेका छन्। अत्यधिक भीड, ध्वनि प्रदूषण तथा व्यवस्थापन सम्बन्धी समस्याहरूबारे स्थानीय स्तरमा गुनासो आउने गरेको छ। कतिपय स्थानहरूमा अनुमति प्रक्रिया र सुरक्षा व्यवस्थाको विषय पनि उठाइएको छ।
तर यस्ता धार्मिक कार्यक्रमहरूले मानसिक शान्ति र सामाजिक सम्बन्ध सुदृढ बनाउन सकारात्मक भूमिका खेल्न सक्छन्। यसलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्नु आजको आवश्यक हो।