साताको कारोबारको चौथो दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।
नेप्से परिसूचक ७४.७३ अंकले घटेर २ हजार ७ सय ७६ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।
आज १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १३ सय कम्पनीको शेयरमूल्य बढ्दा २५५ वटाको घटेको छ ।
घटेको बजारमा दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपरखुदी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी दुई वटै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल रि–इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ९।८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0