भक्तपुर, महोत्तरी र जुम्लामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ भने कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो ।
त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो ।
त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ, भने धनुषाको सहिदनगर नगरपालिका–६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जुम्ला तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।