'नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड'

१६ सेकेन्ड अगाडि

देवदह //  रूपन्देहीको देवदह-२, ढेकावरस्थित नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार र अभिभावक-शिक्षक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

जीवन उत्प्रेरक एवं प्रसिद्ध प्रशिक्षक मनीष मिश्राको मुख्य सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब २५० जना अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रशिक्षक मिश्राले बालबालिकाको मनोविज्ञान, अभिभावकको भूमिका र उनीहरूको उज्ज्वल भविष्यका लागि घर र विद्यालयको समन्वयका विषयमा विशेष प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रबन्ध निर्देशक विष्णुप्रसाद पौडेलले विद्यालयलाई आगामी दिनमा अझै बालमैत्रीपूर्ण वातावरणको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले परम्परागत शिक्षण पद्धतिभन्दा फरक र आधुनिक ढङ्गबाट सिकाइ सहजीकरण गर्ने योजना बनाएका छौँ, जसले विद्यार्थीहरूलाई सिर्जनशील बनाउन मद्दत गर्नेछ।”

त्यसैगरी, कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यालयको भावी योजना र हाल भइरहेका शैक्षिक गतिविधिहरूका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

उक्त कार्यक्रममा देवदह इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य मनोज कुमार गैरे, शिक्षक-अभिभावक सङ्घका पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रबन्ध निर्देशक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन प्रिन्सिपल कमल पौडेलले गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची

दोलखाकाे लाप्त्चेबाट मुस्ताङ हेलिकप्टर सम्पर्कबिहीन

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री बालेनको शपथ (लाइभ)