'दोलखाकाे लाप्त्चेबाट मुस्ताङ हेलिकप्टर सम्पर्कबिहीन'

४ दिन अगाडि

मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ।

मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर दोलखाको लुम्लाङबाट आज सम्पर्कविहीन भएको हो।

उक्त हेलिकप्टर बिहान १० बजेर १० मिनेटमा बिगु गाउँपालिका १ लुम्नाङबाट लाप्त्चेतर्फ उडेको थियो।

काठमाडौंबाट हाइड्रोको कर्मचारी लिएर आएको हेलिकप्टर लुम्लाङ अवतरण गर्न नसकेपछि लाप्त्चेतर्फ लागेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरिक्षक कमल लिङगेलले बताए ।

उनले भने,‘ यहाँको मौसम खराब भएको कारण अवतरण गर्न नसकेपछि लाप्त्चेमा अवतरण गर्न गएको थियो । तर अहिलेसम्म अवस्था अज्ञात छ ।’ उनका अनुसार अहिले उक्त क्षेत्रमा सईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ ।

क्याप्टेन सुरज थापासहित ५ जना माथिल्लो हाइड्राेका कर्मचारीहरु सवार सम्पर्कविहीन छन् ।

सम्पर्कबिहीन भएको ठाउँमा पुग्न ६ ७ घण्टा लाग्ने उनको भनाइ छ । मावन बस्ती पनि पातलो भएको र मौसम खराबी भएको कारण खोजीमा समस्या भएकाे उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ