'ईयू टी २० बेल्जियम लिगमा बिके ८ नेपाली खेलाडी'

१ हप्ता अगाडि

नेपाल क्रिकेटले युरोपेली मैदानमा ऐतिहासिक उपस्थिति जनाउने भएको छ । बेल्जियममा आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुने पहिलो ईयू टी-२० बेल्जियम लिगमा नेपालका ८ खेलाडी विभिन्न फ्रेन्चाइज टीममा बिक्री भएका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल को उद्घाटन संस्करण विजेता जनकपुर बोल्ट्सले बेल्जियमको जेबी बु्रग्सको फ्रेन्चाइज किनेको थियो । सोही टीमले नेपाली प्रतिभालाई प्राथमिकता दिँदै पाँच खेलाडीलाई समावेश गरेको छ । मार्च २४ मा सम्पन्न खेलाडी ड्राफ्ट तथा प्रि-साइनिङ प्रक्रियाबाट नेपालका राष्ट्रिय खेलाडीहरूले स्थान बनाएका हुन् ।

लिगका अनुसार प्रत्येक फ्रेन्चाइजलाई करिब १ लाख ८३ हजार पाउन्ड स्टर्लिङ झन्डै ३ करोड ३० लाख नेपाली रुपैयाँको स्यालरी बजेट दिइएको छ । खेलाडीहरूको व्यक्तिगत सम्झौता शुल्क १ हजार ५०० देखि २२ हजार पाउन्ड स्टर्लिङ ९झन्डै २ लाख ७० हजारदेखि ४० लाख नेपाली रुपैयाँ० सम्म रहने जनाइएको छ ।

नेपाली खेलाडीहरूको सम्झौता शुल्क के कती भन्ने अझै सार्वजनिक भएको छैन । लिग आयोजक र फ्रेन्चाइजहरूले ड्राफ्टपछि केही दिनमै पूर्ण विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

जेबी ब्रुरजेज जनकपुर बोल्ट्सको स्वामित्व रहेको टिमले प्रि-साइन मार्फत दिपेन्द्रसिंह ऐरी सहित ड्राफ्टबाट ललित राजवंशी, ईशान पाण्डे, अनिल साह, गुलशन झा लाई समावेश गरेको छ । त्यस्तै, लियज रेड लायन्सले सन्दीप लामिछानेलाई प्रि-साइन मार्फत टिममा समावेश गरेको हो । घेन्ट ग्ल्याडियटर्समा रोहित पौडेल, अन्टर्प एंकर्समा आसिफ शेखलाई ड्राफ्टबाट समावेश गरेको छ ।

जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले जेबी बुरजेजमार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्य राखेको बताएका छन् । उनले यो लिग नेपाली क्रिकेटको लागि ठूलो प्लेटफर्मको रूपमा रहेको उल्लेख गरे ।

प्रि(साइन गरिएका दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको सम्झौता शुल्क फ्रेन्चाइजले गोप्य राखेका छन् । ड्राफ्टबाट छनोट भएका अन्य खेलाडीहरूको बिक्री मूल्य पनि अझै खुलासा भएको छैन । लिगमा कुल ६ टीम सहभागी हुने छन् । प्रत्येक टीममा १६ खेलाडीको स्क्वाड रहनेछ र चारजना बेल्जियन स्थानीय खेलाडी अनिवार्य रूपमा राख्नुपर्ने नियम छ ।

राउन्ड रोबिन तथा प्लेअफ फर्म्याटमा खेलिने यो लिगमा क्रिस लिन, शोएब मालिक, फाफ डु प्लेसिस, रासी भान डेर डुसेन, कोरी एन्डरसन, एन्ड्रे रसेल जस्ता विश्वस्तरीय स्टारहरू सहभागी हुने भएकाले नेपाली खेलाडीले उच्चस्तरीय प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । नेपाली खेलाडीहरू कुनै पनि विदेशी फ्रेन्चाइजमा यति धेरै संख्यामा पहिलोपटक आवद्ध भएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ