'सेयर बजार ८ महिना यताकै उच्च अंकमा पुग्यो'

७ दिन अगाडि

मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।

१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् । तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो ।

त्यस्तै बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढे । त्यस्तै होटल तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ तथा व्यापार समूह ०.१६ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ