'मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिने बालेनको तयारी'

१ हप्ता अगाडि

नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रीपरिषद् गठन गर्ने उनको तयारी छ ।

करिब दुई तिहाइ सांसदको समर्थन सहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रीपरिषद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बतायो । मन्त्रालयको संख्या उल्लेख्य घटाउने र छरितो मन्त्रीपरिषद बनाउने विषयमा पनि उनी घोत्लिइरहेका छन् । आफ्नो कोर टीम र रास्वपाको उच्च नेतृत्वसँग उनको श्रृंखलावद्ध संवाद भइरहेको छ ।

स्रोतका अनुसार हालका २२ वटा मन्त्रालयलाई १५ वटामा झार्ने योजनामा काम भइरहेको छ । बालेनले १२ वटामात्रै कायम गर्न चाहे पनि टीममा छलफलपछि १५ वटासम्म राख्नु औचित्यपूर्ण हुने निस्कर्ष निकालिएको हो । विगतमा गरिएका विभिन्न अध्ययनले पनि मन्त्रालयको संख्या घटाउनुपर्ने प्रतिवेदन दिएका छन् । त्यसमा समेत टेकेर मन्त्रालयहरु गाभ्न होमवर्क भइरहेको स्रोतले जानकारी दियो ।

मन्त्रीहरू भने १८ जना बनाउने अहिलेसम्मको तयारी छ । संविधानतः प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिन्छ । तर, बालेनले सकेसम्म सानो आकारमा जोड दिइरहेका छन् । प्रधानमन्त्री कार्यालयलाई भने थप सुदृढीकरण गर्ने उनको सोच छ ।

अहिलेसम्म अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल करिब-करिब फाइनल भएका छन् । बाँकी मन्त्रीहरूबारे प्रारम्भिक खाका बने पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको बुझिएको छ । बालेनले मन्त्रीहरू नियुक्त गर्दा क्षमता, विज्ञता र नैतिकतालाई प्राथमिकता दिने नीति लिएका छन् ।

समावेशी बनाउने नाममा जातीय वा लैंगिक आधारमा भन्दा पनि योग्यता-क्षमता हेरेर मन्त्री बनाउन बालेनलाई निकटस्थहरूले सुझाव दिइरहेका छन् । यसअघि प्रत्यक्षबाट निर्वाचित भएकाहरूलाई मात्र मन्त्री बनाउने भनेर सामाजिक सञ्जालमा हल्ला चलेको थियो । तर, त्यस्तो निर्णय नभएको स्रोतले बतायो ।

चुनावलगत्तै मन्त्री बन्नका लागि नेताहरूकहाँ सांसदको तीव्र दौडधुप चल्न थालेको थियो । तर, अहिले यो बन्द भएको एक नेताले जानकारी दिए । पार्टीको नेतृत्वले मन्त्रीका आकांक्षीहरूलाई ‘मिडिया ट्रायल’ र व्यक्तिगत लबिङ नगर्न कडा निर्देशन जारी गरेपछि त्यो क्रम रोकिएको हो । सभापति रवि लामिछानेले पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसदहरूलाई मन्त्रीका लागि नेताको दैलो नधाउन निर्देश गरेका थिए ।

प्रधानमन्त्री साहले १३ चैतमा शपथग्रहण गर्ने निधो भइसकेको छ । १२ चैतमा सांसदहरूको र भोलिपल्ट प्रधानमन्त्रीको शपथग्रहण गर्ने तालिका बनाइएको हो । यस विषयमा राष्ट्रपति कार्यालयलाई अनौपचारिकरूपमा सूचित गरिए पनि सरकारबाट औपचचारिक पत्र गइसकेको भने छैन ।

प्रधानमन्त्रीको शपथग्रहणपछि मन्त्रीहरूलाई पनि शपथ खुवाइने छ र सरकारले एकैपटक पूर्ण क्षमतामा काम गर्न थाल्ने छ । प्रधानमन्त्री बनेपछि तत्काल गर्ने कामहरूको विषयमा पनि बालेनको टीमले होमवर्क गरिरहेको छ ।

मन्त्री बनाएकाहरूले सोचेकोजस्तो पर्फर्मेन्स दिन नसकेमा वा अनियमितामा मुछिएको खण्डमा कुनै कम्प्रोमाइजबिना पदमुक्त गर्ने नीति बालेनले अख्तियार गर्ने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ