१५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्ति र समूहमाथि अनुसन्धान गर्दा करिब डेढ अर्बको अवैध क्रिप्टो करेन्सी कारोबार भएको खुलेको छ ।
सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो । सो क्रममा अनुसन्धान गर्दा अरु दुई जना पक्राउ परेका छन् ।
प्रहरीले भारतीय नागरिक प्रवेश अली र बाँकेका नरेश रेउलेलाई पनि पक्राउ गरेको छ । सो क्रममा १ करोड ३६ लाख ८० हजार ५८० रुपैयाँको क्रिप्टो कारोबार भेटिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0