'साढे ६ हजार रुपैयाँले घट्यो सुन, प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ'

१ हप्ता अगाडि

सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ ।

गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, पश्चिम एसियाली मुलुकमा बढेको द्वन्द्वले तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने चुनौती छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएसँगै मूल्यवृद्धि बढ्न थालेको छ । यहीं कारण विश्वव्यापी रुपमै ब्याजदर बढाउन दवाव पुगिरहेको छ, जसले सुनचाँदीको मूल्यलाई दवाव दिइरहेको छ ।

सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ