'अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने'

१ हप्ता अगाडि

सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् ।

यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक ९बायोमेट्रिक० विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए ।

‘गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौं,’ उनले भने ।

हालसम्म वटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह शुरु भइसकेको जानकारी दिँदै विस्तारै देशैभरी विस्तार गरिने जानकारी पनि दिए ।

‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता आवेदन फारम भरी जैविक विवरणसहित आवेदन गर्न राष्ट्रिय परिचयपत्र इकाई रहेका स्थानमा वायोमेट्रिक जाने गरेको अवस्थाले नागरिकले खर्च गर्नुपरेको समय र लागतलाई न्युनिकरण गर्ने मुल उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ