'दाउन्नेको सडक एकतर्फी सञ्चालन आयो, जाम भने ५ किलोमिटरपर सम्म'

२ हप्ता अगाडि

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ ।

वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक ९एसपी० युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् ।

विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-बुटवल सडकखण्डको अधिकाशं भाग कालोपत्र भए पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ