'बुद्ध पब्लिक विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न: अध्यक्षमा प्रितम भुसाल'

२ हप्ता अगाडि

देवदह । देवदह-५ मा अवस्थित बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ (+२) तर्फ विद्यार्थी परिषद् गठनका लागि नमुना मतदान कार्यक्रममार्फत निर्वाचन सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न उक्त निर्वाचनमा कक्षा ११ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको निर्वाचनमा कुल १९० मतदाता रहेकोमा करिब ८० प्रतिशत मत खसेको विद्यालयका निर्वाचन आयुक्त शिक्षक प्रेम बहादुर खड्का र बलराम ज्ञवालीले जानकारी दिएका छन्।

निर्वाचन सम्पन्न भएसँगै सोही दिन मतगणना कार्य पनि सकिएको थियो। मत परिणामअनुसार २१ सदस्यीय बुद्ध पब्लिक विद्यार्थी परिषद् गठन गरिएको विद्यालयले जनाएको छ।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा प्रितम भुसाल निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा समिर गाहा र खुब्ब श्रेष्ठ, सचिवमा सिद्धान्त थापा र सेल्वी सुनार तथा कोषाध्यक्षमा विकल्प सारू निर्वाचित भएका छन्।

विद्यालय प्रशासनका अनुसार यस्तो नमुना मतदान कार्यक्रमले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको विकास गराउने तथा नेतृत्व क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने