'विरगञ्जमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ'

२ हप्ता अगाडि

स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्सार मेनगेट बाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता बिष्णु प्रसाद भट्टका अनुसार भारत बाट बिआर ०५ बिके ८६०३ नम्बरको मोटर्साइकलमा आउँदै गरेका उनलाइ सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र प्लास्टिकमा प्याक गरेर ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिइएको हो ।

शाहबाट २० लाख २ हजार ५० र भारतिय ६ सय रुपैयाँ समेर बरामद गरेका उनले जनाए । थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालय विरगञ्जमा बुझाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ