'गुल्मीमा एक महिला मृत अवस्थामा फेला'

२ हप्ता अगाडि

गुल्मीको मालिका गाउँपालिका–५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

वडा नम्बर–७ बस्ने ४४ वर्षकी विमला सुनार मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा फेला परेकी उनलाई उनको श्रीमान र स्थानीयले करिब ५० मिटर तल ग्राउन्डमा उद्धार गरी लगेका थिए । तर उनको मृत्यु भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ । शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने आशंकामा लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

मृत फेला परेकी महिलाको कानमा चोट रहेको प्रहरीले जनाएको छ । यससम्बन्धी थप विवरण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ