'गाडी चलाउँदा चलाउँदै गाडीभित्रै बेहोस भएका चालकको निधन'

२ हप्ता अगाडि

गाडी चलाउँदा चलाउँदै गाडीभित्रै बेहोस भएका चालक योगेश धिमालको निधन भको छ ।

बिहीबार बेलुकी झापाको कमल गाउँपालिका-५, सीतापुरीमा उनी बेहोस भएका थिए । दमकस्थित निम्स अस्पताल पुर्‍याउँदा मृत घोषित भए ।

उनी प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कोर्पियो चलाएर बिहीबार साँझ करिब ६-७ बजेको समयमा झापाको बिर्तामोडबाट मोरङ, पथरी जाँदै थिए । ४५ वर्षीय उनी पथरी ९ निवासी हुन् । गाडी चलाउँदा छातीमा असहज भएपछि गाडी साइड लगाएका थिए । त्यसपछि बेहोस भए । गाडीका यात्रुले पटकपटक बोलाएको उनले नसुनेपछि अस्पताल लगेका थिए ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ