'साथीहरूसँग रारा क्षेत्र घुम्न आएकी ३० वर्षीया सदीक्षा घिमिरेको मृत्यु'

२ हप्ता अगाडि

मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा निधन भएको हो।

घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) सँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए।

भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको हो। प्रहरीका अनुसार उनलाई लेक लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

यद्यपि मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा। निर्मल नगरकोटीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ