विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनी मा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ। चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजित यस महोत्सवमा ठूलो संख्यामा चिनियाँ सहभागी रहेका छन्।
महोत्सव बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रम समावेश छन्।
शुक्रबार बिहान मायादेवी मन्दिर नजिक “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” आयोजना हुनेछ भने साँझ लुम्बिनी स्क्वायर थिएटरमा “लुम्बिनी पिस कन्सर्ट” हुने छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार सहभागी हुनेछन्।
शनिबार “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन” आयोजना गरिनेछ, जसमा देश–विदेशका धावकहरू सहभागी हुनेछन्।
लुम्बिनी, गौतम बुद्ध को जन्मस्थल भएकाले विश्व शान्तिको प्रतीक मानिन्छ। आयोजकका अनुसार महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।