'स्कुल बसले किचेर दुई वर्षिय बालकको मृत्यु'

२ हप्ता अगाडि

सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ ।

सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको स्कुल बसले किच्दा सानो डाबरी निवासी श्याम गोलेका छोरा दुई वर्षका यनस गोलेको मृत्यु भएको हो ।

बिहीबार बिहान ९ बजेतिर विद्यार्थी उठाउन पुगेको बसले किचेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दाइलाई बस चढाउन सडकमा निस्किएकी आमासँगै बालक यनस पनि बस रोकिराखेको ठाउँमा पुगेका थिए । सोही बेला विद्यार्थी चढाएर अघि बढेको बसले किच्दा बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा संलग्न बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ