'पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा नखेलाउन एन्फालाई अध्यागमनको निर्देशन'

२ हप्ता अगाडि

अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ ।

विभागले आज एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको हो ।

एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो ।

अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।
कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन एन्फालाई अनुरोध गरेको छ ।

विभागबाट आजैदेखि अनुगमन सुरु गरेको जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाइने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची