'इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण; ग्यासको विश्वव्यापी अभाव हुन सक्ने'

२ हप्ता अगाडि

मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ ।

इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ ।

कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि स्थिति झन् जटिल बनेको हो। आक्रमणपछि त्यहाँ रहेको मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो।

कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार आपतकालीन टोलीले केही घण्टामै आगो नियन्त्रणमा लिए पनि भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको बताइएको छ। यस घटनामा मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ। कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथिको सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ। रास लाफान औद्योगिक क्षेत्र कतारको सबैभन्दा महत्वपूर्ण ऊर्जा केन्द्र हो।

यहाँ विश्वकै ठूलो लिक्विफाइड नेचुरल ग्यास-एलएनजी-निर्यात सुविधा रहेको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत ग्यास आपूर्ति हुने गर्दछ। यो क्षेत्र नर्थ फिल्ड सँग जोडिएको छ, जुन इरानसँग साझा रहेको ग्यास भण्डार हो। त्यसैले यस क्षेत्रमा भएको कुनै पनि अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने देखिन्छ।

क्षेत्रीय तनावको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिन थालेको छ। स्टेट अफ हर्मुज हुँदै हुने जहाज आवागमन प्रभावित भएसँगै कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।

ऊर्जा पूर्वाधारलाई केन्द्रमा राखेर बढ्दै गएको यो द्वन्द्वले क्षेत्रीय मात्र नभई विश्वव्यापी संकट निम्त्याउने जोखिम बढाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ